प्रधानमन्त्री नियुक्त भएलगत्तै विद्या भण्डारी भेट्न गए ओली

काठमाण्डु टुडे २०८१ असार ३० गते १९:३२ मा प्रकाशित
  •                                                       फाइल तस्बिर

काठमाण्डु, ३० असार– एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएलगत्तै आइतबार साँझ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेट्न उनको निवास पुगेका छन् ।

ओलीलाई काँग्रेस–एमाले र मधेसवादी दलको समर्थनमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ उपधारा (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए । ओलीले भण्डारीलाई बुढानिलकण्ठ भंगालस्थित निवासमा भेटेका हुन् ।

ओली र भण्डारीबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बालकोट श्रोतले जनाएको छ । तत्कालीन एमाले उपाध्यक्ष भण्डारीले संवैधानिक प्रावधानअनुसार राष्ट्रपति भएपछि दलीय आबद्धता छाडेकी थिइन् ।

तर, राष्ट्रपतिबाट अवकाश भएपछि उनले फेरि एमाले सदस्यता नवीकरण गरेको चर्चा चलेको छ ।

उनी पछिल्लो केही महिनायता एमालेको औपचारिक कार्यक्रममा सहभागी भएर राजनीतिक अभिव्यक्ति दिएका कारण विवादमा समेत पर्दै आएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us