ज्वाईं बचाउन खोज्दा खोलाले बगाएर ससुरा बेपत्ता

काठमाण्डु टुडे २०७१ साउन ३१ गते ७:२८ मा प्रकाशित

सप्तरी, ३१ साउन– सप्तरीमा आत्महत्या गर्न खोज्ने ज्वाइँलाई बचाउन खोज्दा ससुरा बेपत्ता भएका छन् ।

मधुवापुर गाविस(७ का १८ वर्षीय नारायण शर्माले नदीमा हामफालेर आत्महत्या गर्न खोज्दा उनलाई जोगाउने क्रममा ससुरा त्रिकोल गाविस(६ निवासी ६० वर्षीय रामचरण शर्मा बेपत्ता भएका हुन् । उनको खोजी भइरहको प्रहरीले जनाएको छ ।

ज्वाईं आत्महत्या गर्न खोलामा पसेपछि उनी गोजाउन गएका बेला बगाएको स्थानीयले बताएका छन् । ससुरा बेपत्ता भए पनि ज्वाईंको भने स्थानीयले ज्यान बचाएका छन् । उनको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us