काठमाण्डु, २८ असार–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै कांग्रेस र एमालेबीचको सहमतिप्रति आपत्ति जनाए । ‘आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरुले पनि मलाई नैतिकताको पाठ पठाउने प्रयास गरिराख्नुभयो’, उनले भने ।
प्रचण्डले डराएर काँग्रेस–एमाले मिलेको भन्दै संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी रहेकाले कमजोर बनाउन नदिइने र नसक्ने उल्लेख गरे ।
उनले अल्पमतमा परेपछि पनि महत्वपूर्ण नियुक्ति गरेको इतिहासको रेकर्डमा रहेको भन्दै आफूले त्यस्तो नगरेको बताए ।