काठमाण्डु, २८ असार– काँग्रेस सांसद् शम्भु हजाराले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समयमै राजीनामा नदिएका कारण देशमा बाढी, पहिरोका कारण धनजनको क्षति भएको जिकिर गरेका छन् ।
देश शोकाकुलअवस्थामा पुग्नुमा सरकार दोषी रहेको बताए । ‘बाढी पहिरोले गर्दा बाढी पहिराले मधेसका २२ जिल्ला र पहाडमा पनि बाढी पहिराले थुप्रैले ज्यान गुमाए । पर्साबाट हिंडेको एनजल र काठमाण्डुबाट हिंडको गणपति बसका यात्रुहरु ४१ जना र २४ जना ज्यान गुमाउनुभएको छ । सिंगो पर्सा र रौतहट शोकाकुल अस्वस्थामा छ ।
साथसाथै बिहारका पनि सात जना भारतीय नागरिक रहनुभएको छ । अहिले देहशमा सरकार गृहमन्त्रीज्यूको कुरा आयो । बाढी, पीडित र राहतका लागि सबै व्यवस्था गरिएको छ । हेलिकोप्टरसमेत राखिएको छ । तर कहीं त्यस्तो देखएिन अहिले’, उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी गीत गाउने र गीत सुनाउनेमै व्यवरुत रहनुभएको छ ।
त्यसकारण समयमै उहाँले राजीनामा दिएर निकास दिनुभएको भए आज यो घटनाहरु हुने थिएन । त्यस कारणले यथाशिघ राजीनामा नदिए पनि अब नयाँ सरकार आउँदैछ । त्यो सरकारसँग साउन र भदौसम्म नाइट बस बन्द गरे निकास दिन र राति क्षति हुनबाट जोगाउन आग्रह गर्दछु ।’