अमरेशको मागः वर्षातमा नाइट बस चलाउन रोक्नुपर्छ

काठमाण्डु टुडे २०८१ असार २८ गते ११:४९ मा प्रकाशित

काठमाण्डु, २८ असार– स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले रातिको समयमा नाइट बस सञ्चालनमा रोक लगाउन माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सून्य समयमा बोल्दै सिंहले सम्भावित पहिरोको जोखिम भएका

सडकमा वर्षा यामको तीन महिना रात्रि बस सञ्चालनमा रोक लगाउन सरकारसँग माग गरेका हुन् ।
उनले बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा भएका धनजनको क्षतिप्रति दुःख व्यक्त गरे ।

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा दुई वटा बस पहिरोमा पुरिएर त्रिशूली नदीमा पुरिँदा ६० भन्दा बढी यात्रु बेपत्ता भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us