खुकुरा फर्म सञ्चालकको शव क्षतविक्षत अवस्थामा भेटियो

काठमाण्डु टुडे २०८१ असार २७ गते १२:३६ मा प्रकाशित

विराटनगर, २७ असार– मोरङको सुन्दरहरैचा नरपालिका–१ मा एक व्यक्तिको हत्या भएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले सुन्दरहरैचा–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या भएको हो ।

उनका अनुसार शव क्षतविक्षत अवस्थामा छ । बजगाईं कुखुरा फर्मका सञ्चालक हुन् । शव कुखुराको फर्मभित्रै भेटिएको प्रहरीले जनाएको छ ।

बिहान ८ बजेतिर फर्ममा जान घरबाट निस्किएका बजगाईं १० बजेतिर मृत भेटिएका थिए । घटनास्थलमा हत्यामा प्रयोग भएको बञ्चरो फेला परेको छ ।

घटनापछि कुखुरा फर्ममा काम गर्ने दम्पती फरार छन् । घटनामा उनीहरुकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us