ललितपुर, २७ असार– ललितपुरको महाँकाल गाउँपालिका–३ गोटीखेलमा एक नाले भरुवा बन्दुक फेला परेको छ ।
प्लाष्टिकको बोरामा बेरेर राखिएको अवस्थामा झाडीमा बन्दुक फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
बन्दुक कसले किन राखेको हो भन्नेबारे खुलेको छैन । त्यस विषयमा अनुसन्धान अघि बढाइएको सुवेदीले बताए ।