ट्रकमा स्कुटर ठोक्किँदा दाजुको मृत्यु, बहिनी घाइते

काठमाण्डु टुडे २०८१ असार २७ गते ९:१४ मा प्रकाशित

पाल्पा, २७ असार– पाल्पामा ट्रकमा स्कुटर्र ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका–३, दोभान नजिकै लु८६प ६५१ नम्बरको स्कुटर लु२ख ५३७३ नम्बरको ट्रकसँग ठोक्किएको थियो । ट्रक र स्कुटर दुवै बुटवलबाट पाल्पातर्फ आउँदै थिए ।

दुर्घटनामा रुपन्देही तिलोत्तमा नगरपालिका–४ डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरको पछाडि सवार मृतककी बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते छन् ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको पाल्पा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । प्रहरीले ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us