पहिचान पक्षधर दलहरुको बैठक बस्दै

काठमाण्डु टुडे २०७१ साउन ३१ गते ४:०० मा प्रकाशित

काठमाण्डु, ३१ साउन– एकीकृत माओवादीसहित पहिचान पक्षधर दलहरुको मोर्चाको बैठक आज बस्दै छ ।
दिउँसो २ बजे एकीकृत माओबादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकले संविधान निर्माणमा आफ्ना मुद्धा सम्बोधन गराउन दबाबमुलक कार्यक्रम तय गर्ने विषयमा छलफल हुने बताइएको छ ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठकमा संविधान निर्माणका साथै समसामायिक राजनीति र मोर्चाको संयोजन समिति गठनबारे छलफल हुने जानकारी दिए । मोर्चाले यसअघि नीतिगत निर्णय गर्नका लागि सात वटै दलका प्रतिनिधि सम्मिलित संयोजन समिति गठन गर्ने निर्णइ गरेको थियो ।
पहिचानसहितको संघीयता निर्माणमा दबाब दिन भन्दै एक महिनाअघि मोर्चाको घोषणा गरिएको थियो । मोर्चामा एकीकृत माओवादीसहित मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, तराई मधेश सद्भावना पार्टी र संघीय समाजवादी पार्टी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us