काठमाण्डु, ३१ साउन– सामान्य प्रशासन मन्त्रालयले शुक्रबार प्रहरी सुरक्षामा झन्डै ७२२ कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयले निजामती सेवा नियमावलीअनुसार हरेक वर्ष साउनमा अन्तरमन्त्रालयस्तरको सरुवा गर्ने निर्णय गरेको हो । कर्मचारी सरुवाबारे कर्मचारी संगठन र मन्त्रालयबीच शुक्रबार दिउँसो विवाद भएको थियो ।
असन्तुष्ट पक्षले मन्त्रालयलमा तोडफोड गर्ने प्रयास गरेपछि सुरक्षाका लागि प्रहरी बोलाइएको हो । मध्यान्हपछि सुरक्षामा खटिएका प्रहरीले मन्त्रालयका कर्मचारी बाहेक अन्यलाई प्रवेशमा रोक लगाएका थिए । मन्त्रालयले केही दिनअघि १२ बुँदे सरुवा मापदण्ड बनाएको थियो ।
सरुवाका लागि झन्डै एक हजार ७ सय कर्मचारीको निवेदन परेको थियो । शुक्रबार उपसचिव ५९, शाखा अधिकृत १२०, नायव सुब्बा १०६, खरिदार झन्डै १७६ तथा कम्युटर अपरेटर ५५ र र टाइपिस्ट २० जनाको सरुवा भएको मन्त्रालय स्रोतले बतायो ।
नयाँ पत्रिकाबाट