काठमाण्डु, ३१ साउन– तीन वर्षअघि संचालनमा आएको हेलो सरकार कक्षमा थरथरीका गुनासो आउने गरेका छन् ।
हेलो सरकार कक्षमा अघिल्लो महिना एक कृषकले फोन गरी आफ्नो व्याउन लागेको भैंसी मरेको गुनासो गरेका छन् । पशु चिकित्सकको हडतालका कारण आफूले किनेर ल्याएको भैसी उपचार अभावमा मरेको ती किसानले गुनासो गरेका छन् ।
पशु चिकित्सकका कारण आफ्नो क्षति भएको भन्दै उनले सरकारसँग दोषीलाई कारबाही र आफूलाई क्षतिपूर्तिको माग गरेका हुन् । मैले व्याउने भैसी किनेर ल्याएको थिए, तर उपचार अभावमा मर्यो ती कृषकले हेलो सरकार कक्षमा राखिएको ११११ नम्बरमा फोन गर्दै भनेका थिए ।
नयाँ पत्रिकाबाट