प्रेमीद्वारा घाँटी रेटेर प्रेमिकाको हत्या

काठमाण्डु टुडे २०७१ साउन ३० गते १३:२८ मा प्रकाशित

काठमाण्डु, ३० साउन– काठमाण्डुको डल्लु आवास क्षेत्रमा घाँटी रेटेर हत्या गरिएकी पेमा छेकी शेर्पाको हत्यामा आफ्नै प्रेमी संलग्न रहेको खुलेको छ ।

Ramesh-maharjan
शेर्पाको हत्या गरेको अभियोगमा प्रहरीले काठमाण्डु लगनका रमेश महर्जनलाई पक्राउ गरेको छ । घाँटी रेटिएको अवस्थामा भेटिएकी उनको बिहीबार मृत्यु भएको थियो ।
रामेछापको डडुवा स्थायी घर भएकी २५ वर्षीया पेमा र महर्जनबीच काठमाण्डु विजेश्वरीस्थित एक पसलमा काम गर्ने क्रममा प्रेम सम्बन्ध बसेको थियो ।

अनुसन्धानका क्रममा महर्जन विवाहित भएको थाहा पाएपछि शेर्पाले झगडा गरेको र त्यही निहुँमा हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us