काँग्रेस सभासद प्रधानमन्त्रीविरुद्ध संसदमै यसरी खनिए

काठमाण्डु टुडे २०७१ साउन ३० गते १२:५५ मा प्रकाशित

काठमाण्डु, ३० साउन– काँग्रेसकै सभासदले प्रधानमन्त्री सुशील कोइराला लागातार व्यवस्थापिका–संसद् बैठकमा अनुपश्थित रहेको भन्दै आपत्ति ramhari-khatiwadaजनाएका छन् ।
शुक्रबारको संसदमा बैठकमा बोल्दै प्रधानमन्त्रीको पार्टी काँग्रेसका सभासद रामहरि खतिवडाले देशभर वर्षासँगै बाढीपहिरोले हजारौं जनता प्रभावित हुँदा पनि प्रधानमन्त्री स्थलगत भ्रमणमा नगएको र संसदमा नआएको भन्दै चर्को आलोचना गरे ।

खतिवडाले उपचार गराएर अमेरिकाबाट फर्किएपछि कोइराला एकपटक पनि संसदमा उपस्थित नभएको भन्दै आपत्ति जनाए । खतिवडाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सरकारका तर्फबाट सदनलाई जानकारी नगराइएकामा पनि विरोध जनाए ।

‘देशमा बाढी पहिरोले हजारौं जनता प्रभावित भएको छ, प्रधानमन्त्री न पीडितका मर्का बुझ्न घटनास्थल जानुहुन्छ, न संसदमा आउनुहुन्छ’, खतिवडाले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा सभासदहरुले बारम्बार जानकारी मागे पनि किन जानकारी गराइएको छैन ?’ उनले भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपालको बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गरेको भन्दै प्रधानमन्त्रीले एक शब्द नबोलेको भन्दै ध्यानाकर्षण गराए ।
बैठकमा काँग्रेसका दिपक गिरी, एमालेका भीम रावल, एमाओवादीका हितराज पाण्डे लगायतले बाढीप्रहिरोप्रति प्रधानमन्त्री संवेदनशीन नदेखिएको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us