काठमाण्डु, ९ असार– नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दै छ । आज आइतबार प्रतिनिधिसभा बैठक अघि १०ः ३० मा भवन बानेश्वरमा बैठक बस्ने तयारी गरेको एक नेताले जानकारी दिएका छन ।
बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको । पार्टीले आफ्ना सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाउने सम्भावना रहेको छ ।