तामाङ र नेवार समुदाय भएका कारण गणतन्त्र आएको हो: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८१ असार ८ गते १५:५३ मा प्रकाशित

काठमाण्डु, ८ असार– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डु र यस आसपास तामाङ र नेवार समुदायका कारण नेपालमा छिटो गणतन्त्र आएको दाबी गरेका छन ।

आज (शनिबार) माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले काठमाण्डमा नेवार र तामाङ समुदायले सहयोग नगरेको भए लोकतान्त्रिक गणतन्त्र आउन सम्भव नभएको पनि बताएका छन ।

उनले भने, ‘हिजो तामाङ समुदायले र काठमाण्डु नेवार समुदायको सक्रिय सहभागिता र योगदान नभएको भए नेपाल अहिले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न सम्भव थिए । मलाई बढो ताजा रूपमा स्मरण छ, काठमाडौँ उपत्यका वरिपरि र काठमाडौँमा रहेका तामाङ समुदायको त्याग, तपस्या र बलिदानका थुप्रै कीर्तिमानहरूका कारणले र राजधानी भित्रै रहेका कारणले नै देश गणतन्त्रमा आउन सम्भव भएको हो ।

यदि राजधानी वरिपरि तपाईंहरुको समुदाय सक्रिय रूपले योगदान गर्ने ठाउँमा हुँदैनथ्यो भने या नेवार समुदायको पनि हामीलाई सक्रिय सहयोग हुँदैनथ्यो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने ठाउँमा नेपाल आइपुग्थ्यो भन्न सकिने थिएन ।’

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध काठमाण्डु वरिपरि र भित्र पनि ठुला फौजी आक्रमण गर्ने अवस्थामा पुग्दैनथ्यो भने ७ राजनीतिक दल र माओवादीबिच समझदारीका लागि वार्ताको वातावरण बन्ने अवस्था नहुने उल्लेख गरे । समग्रमा तामाङ समुदाय सहितका जातीय क्षेत्रीय मोर्चाले गणतन्त्र ल्याउन भूमिका खेलेको बताए पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us