काठमाण्डु, ८ असार– झापाको मेचीनगर नगरपालिका–१५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवार रहेको प्रहरीले जानकारी दिएको छ । आज (शनिबार) बिहान भएको दुर्घटनामा दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन ।
मेचीनगर–१५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइलकमा तीन जना सवार रहेका थिए ।
दुर्घटनामा मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले झापाले जानकारी दिएको छ ।