इबोला भित्रन नदिन विमानस्थलमा आजदेखि हेल्थ डेस्क

काठमाण्डु टुडे २०७१ साउन ३० गते ३:३९ मा प्रकाशित

काठमाण्डु, ३० साउन– पश्चिम अफ्रिकी मुलुकहरुमा महाकारीका रुपमा फैलिएको घातक इबोला भाइरस नेपाल प्रवेश गर्न नदिने उद्येश्यले आजदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिने भएको छ ।
यसअघि हिजो स्थापना गर्ने भनिए पनि प्राविधिक तयारी नपुगेपछि आजदेखि डेस्क स्थापना गरी काम सुुरु गर्न लागिएको हो ।
विमानस्थलमा आजबाट स्थापना गरिने हेल्थ डेस्कमा १८ घण्टा स्वास्थ्य परीक्षण गरिने छ । डेस्कका लागि एक चिकित्सकसहति पाँचजनाको टोली खटाइएको इपियोमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले जानकारी दिए ।

उनले संक्रमण फैलिएको मुलुकबाट आएका पर्यटक र नेपालीमाथि उच्च निगरानी राखिने बताए । संक्रमित व्यक्ति भेटिए कम्तिमा तीन साता निगरानीमा राखिने छ ।

नेपालमा इबेलाको संक्रमण फेला नपरे पनि जोखिम उच्च रहेको भन्दै सरकारले सतर्कता बताएको हो । चमेराको मासु खाँदा फैलिएको ठानिएको इबोला संक्रमणका कारण हालसम्म पश्चिम अप्रिकी मुलुकहरुमा कम्तिमा एक हजार बढीले ज्यान गुमाइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us