रास्वपाको चियापान कार्यक्रममा शीर्ष नेताहरु

काठमाण्डु टुडे २०८१ असार ७ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा गरेको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी जनाएका छन ।

चियापान समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्‍त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी भएका छन् ।

रास्वपाले वनस्थलीमा रहेको केन्द्रीय पार्टी कार्यालयमा दोस्रो वार्षिकोत्सवको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको हो ।  

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us