अहिलेको भन्दा जनयुद्धकालमा मेरो जीवन सरल थियो: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८१ असार ७ गते ११:२७ मा प्रकाशित

काठमाण्डु, ७ असार– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताएका छन ।

तर पनि आफ्नो सक्रियता कम नभएको उनले बताएका छन । आज शुक्रबार राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

उनले आफू जीवनको उत्तरराद्र्धतिर लागे पनि रात दिन सक्रिय भएको बताएका छन । उनले भने, ‘७० तिरबाट अगाडि लाग्नु भनेको त उत्तराद्र्धै हो । तर तपाईंहरुले देख्नु भएको छ म रात दिन जनयुद्धमा भन्दा कम खटेकै छैन । अझ बढी खटेको छु, ‘बरु जनयुद्धमा त जीवन सरल थियो मेरो ।’

उनले अहिलेका नेताहरुमध्ये पारिवारिक रुपमा सबैभन्दा अप्ठ्यारो परिस्थिति पनि आफूले नै झेलेको भन्दै उनले सक्रियता नछोडेको बताएका छन ।

उनले वुद्धिजीवीहरुलाई प्रश्न गरे, ‘म आफूलाई अन्तिम समयसम्म सक्रिय राख्ने कोसिस गरेको छु भने तपाईंहरुले किन सक्नुहुन्न ?’ उनले जनयुद्ध, जनआन्दोलनका उपलब्धि रक्षा गर्दै देशलाई समाजवादको बाटोमा डो¥याउन आफू सक्रिय रहेको पनि बताएका छन ।

उनले त्यसका लागि कांग्रेस, एमाले सहितका दललाई मिलाउन संयोजनकारी भूमिका खेलेको पनि बताएका छन । उनले गुटउपगुटमा नलाग्न संगठनका नेता–कार्यकर्ताहरुलाई निर्देशन पनि दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us