काठमाण्डु, ७ असार– प्रहरीले रौतहटबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मोतिहारी घर भएका ३१ वर्षीय युवक रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई बौधिमाई नगरपालिका–७ स्थित बंकुलबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन ।
बोर्डर आउट पोष्ट सरमुजवाको टोलीले उनलाई पक्राउ गरेको हो । भारतीय नम्बरको मोटरसाइकलमा उनी भारतबाट नेपाल तर्फ आउँदै थिए ।