एमालेबाट राजदूतका लागि चर्चाका रहेका नाम

काठमाण्डु टुडे २०८१ असार ७ गते १०:१५ मा प्रकाशित

काठमाण्डु, ७ असार– हिजो बिहिबार साझ सिंहदरबारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले राजदूत भागबन्डा टुग्यएका थिए ।

जसअनुसार एमालेले ८, रास्वपाले २ र माओवादीले एक राजदूत पाउने भएको स्रोतले जानकारी दिएको छ । जस अनुसार एमालले आफ्नो राजदूत लगभग टुङ्गो लगाएको एमाले स्राृेतले जानकारी दिएको छ ।

एमाले स्रोतका अनुसार एमालेले युवराज खतिवडा, लोकदर्शन रेग्मी, दावाफुटी शेर्पा,नारायण सङ्ग्रौला, उदयराज पाण्डे, शर्मिला पराजुली, निर्मल विश्वकर्मालगायतलाई राजदूत बनाउने तयारी छ ।

उनीहरू यसअघि गठबन्धन फेरिएसँगै फिर्ता भएका थिए । ‘केही नयाँ र केही पहिला फिर्ता भएकाहरूलाई पठाउने तयारी छ तर ठ्याक्कै नाम आइसकेको छैन’, एमालेका एक नेताले भने, ‘सम्भावित नामहरू तिनै भएपनि अध्यक्ष ओलीको निर्णयमा भर पर्छ ।’

एमालेले १० बराबर १ को सूत्र लागु गरेर राजदूत नियुक्ति गर्ने जनाएको छ । यसअघि मन्त्री बनाउँदा पनि एमालेले यही सूत्र लागु गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us