काठमाण्डु, ३० साउन–गोरखाको सिम्जुङ्ग गाविस ६ सिरानडाँडामा स्थानीय र प्रहरी बीचको झडपमा प्रहरीको गोली लागेर एक वृद्ध घाइते भएका छन् ।
बिहीबार अपरान्ह चार बजेतिर प्रहरी चौकी भच्चेकबाट गएको प्रहरी र स्थानीय तामाङ समुदायबीच भएको झडपमा गोली लाग्दा ६२ वर्षीय अँधेरे भनिने लाक्पा तामाङ घाइते भएका हुन् ।
उनको दाइने तिध्रामा गोलीले छेंडेर निस्केको स्थानीय प्रदीपजंग शेर्पाले जानकारी दिएका छन् । घाइते तामाङ्को भच्चेक स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारका लागि सदरमुकाम ल्याइएको छ ।
घरेलु हातहतियार सहित त्यहाँ पुगेका डेढसय जनाको समूहले दुई घण्टासम्म भच्चेक प्रहरी चौकी घेरा हालेर नाराबाजी गरेका स्थानीय प्रत्यक्षदर्शीले बताए ।
अन्नपूर्ण पोस्टबाट