पाँच वर्षमा पाँच श्रीमती ल्याउनेको व्यापक खोजी

काठमाण्डु टुडे २०७१ साउन ३० गते २:४३ मा प्रकाशित

काठमाण्डु, ३० साउन–पाँच वर्षको अवधिमा ५ वटा विवाह गरेर पत्नी ठग्दै आएका जनकपुरका एक युवकको खोजीमा प्रहरी लागेको छ ।

पुल्चोक निवासी २३ वर्षीय मनोजकुमार पुर्वेले पाँच वर्षको अन्तरालमा पाँचवटा बिहे गरेर सैलाई छाडेपछि उनलाई पक्राउ गरी न्याय दिलाउन तेस्रो पत्नी पूजा साह र चौथी पत्नी इन्दुले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी हालेका छन् ।

प्रहरीका अनुसार पाँच बर्ष पहिले जनकपुरको मिल्स एरियामा बस्ने १८ वर्षीया रिना साहसँग मागी विवाह गरेका पुर्वेले एक वर्षभित्रै सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि उनले काठमाडोंमा पहाडी समुदायकी महिलासँग दोस्रो प्रेम विवाह गरे । दोस्रो श्रीमतिलाई एक वर्ष राखेर २ लाख तिरी छोडपत्र गरेका थिए ।

त्यसपछि उनले पूजासँग मागीविवाह गरेका थिए । पुर्वेले गत माघमा भारत दरभंगा जिल्ला भेरवाकी इन्दुसँग  विवाह गरे  ।  त्यसपछि पुर्वेले गत जेठमा दुई छोराछोरीकी आमा राधा साहलाई फसाएर मागेपछि पूजा र इन्दुले प्रहरी समक्ष उजुरी दिएका हुन् ।

अन्नपूर्ण पोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us