प्रतिनिधि सभामा बजेटमाथिको छलफल सकिंदै

काठमाण्डु टुडे २०८१ असार ४ गते १२:५१ मा प्रकाशित

काठमाण्डु, ४ असार– प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सकिंदैछ । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुँदैछ ।

मंगलबार मन्त्रालयगत छलफल सकिएपछि बुधबारबाट सम्बन्धित मन्त्रालयले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । बुधबार, बिहीबार र शुक्रबार सम्बन्धित मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेछन् ।

शुक्रबार नै बजेट पारित गर्ने संसदीय धयालेन्डर छ । गत जेठ १५ गते अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको लागि बजेट ल्याएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us