काठमाण्डु, ३ असार– काठमाण्डुको तिनचुलीबाट ६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक सोनाम गुरुङको साथमा नेपाली नागरिकता फेला परेको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट जारी भएको नागरिकता उनको साथमा भेटिएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले जानकारी दिएका छन ।
गुरुङले तस्करीको सुनको रकम भुक्तानी गर्ने गरेको पाइएको स्रोतले जानकारी दिएको छ । डिजिटल मुद्र (युएसडिटी) मार्फत उनले हङकङमा रकम पठाउने गरेका हुन् । सीआईबीले उनको घरबाट ६ किलो सुन र ४८ लाख नगद बरामद गरेको छ ।