कुकुरको बच्चालाई तड्पाउँदै हत्या गरेको आरोपमा तीन जना पक्राउ

काठमाण्डु टुडे २०८१ असार ३ गते १३:४१ मा प्रकाशित

काठमाण्डु, ३ असार– प्रहरीले इलामबाट कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाईपक्राउ गरेको छ ।

पशु कल्याण संघ काठमाण्डुले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

भिडियो बनाउने हेतुले ती युवकहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल बनेको थियो । सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ ।

पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले भनिन्, ‘कुकुरको बच्चालाई क्रूरतापूर्वक मारेको देखिन्छ,’ ‘यो हदसम्मको अपराध गर्नेहरुलाई प्रचलित कानुनअनुसार दण्ड सजाय हुनैपर्छ ।’ संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दर्ता गराएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us