निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण

काठमाण्डु टुडे २०८१ असार २ गते १६:०४ मा प्रकाशित

काठमाण्डु, २ असार– विश्वको सर्वोच्च शिखरको सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगिसकेको छ । यो बिचमा धेरै ब्यतिहरुले सगरमाथा आरोहणको विभिन्न कृतिमान (रेकर्ड )हरु बनाउदै आएका छन् ।

यस्तैमा सोलुखुम्बुकी निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चीन तर्फबाट सगरमाथाको चुचुरोमा छोटो समयमा पुग्ने पहिलो महिला बन्न सफल भएकी छिन ।

निमाले यही  मे २४ तारिखको बिहान १०ः०५ बजे चीन तर्फबाट सगरमाथाको छोटो समयमा सफल आरोहण गरेकी क्लाइबालय ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए ।

क्लाइबालय  निर्देशक मिङ्माले नै उनलाई सगरमाथा चढ्नका लागि आवश्यक बन्दोबस्तीका सामानहरु ,लाग्ने सम्पूर्ण शुल्कहरुको साथै अरु खर्चको ब्यबस्था गरिदिएका हुन्  ।

बि. स. २०४५ साल जेठमा सोलुखुम्बुको नाम्चे–५ साम्देमा जन्मेकी निमाले सन् २०१९ देखि ट्रेकिङ क्षेत्रमा काम गर्दै आएकी र यसअघि उनले  लोबुचे पिक, आइल्याण्ड पिक र रामदुङ पिकको सफल आरोहण गरिसकेकी छिन ।

१० दिनमै सगरमाथाको चुचुरोमा पुग्छु, रेकर्ड राख्छु भन्ने केही त्यस्तो योजना नरहेको र सगरमाथाको चुचुरोमा १० दिनमा पाइला टेकेर ११ औं दिनमा सगरमाथा आधार शिविरमा आइपुगेको शेर्पाले बताइन् ।

नेपालीहरुको सहयोगमा विदेशीहरुले हिमाल आरोहणको क्षेत्रमा नयाँ-नयाँ कीर्तिमान राख्ने भए पनि पछिल्लो समय निमा जस्तै निडर ब्यतित्वहरुले गर्दा नेपालीहरुले पनि रेकर्ड राख्न सफल भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us