काठमाण्डु उपत्यकाका १६७ जनामा डेंगु सङ्क्रमण

काठमाण्डु टुडे २०८१ असार २ गते १६:०१ मा प्रकाशित

काठमाण्डु, २ असार– काठमाण्डु उपत्यकामा १६७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डुका १२२ जना, भक्तपुरका २७ जना र ललितपुरका १८ जना गरी काठमाण्डु उपत्यकाका १७२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जानकारी दिएको छ ।

देशभर ७२ जिल्लाका १ हजार १ सय ७५ जना सङ्क्रमित भएका छन् । यसमध्ये काठमाण्डुमा उपत्यकामा १७२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म देशभरका १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको उल्लेख गरीएको छ ।

मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us