केशव राईको शब्दमा राजेशपायल राईको ‘गाँउबेसी’ सार्वजनिक

काठमाण्डु टुडे २०८१ जेठ २९ गते १७:०६ मा प्रकाशित

काठमाण्डु, २९ जेठ–लोकप्रिय तथा मेगास्टार गायक राजेशपायल राई ‘राई इज किङ’को नया गीत सार्वजनिक भएको छ ।

नव गीतकार केशव राईको शब्दमा रहेको ‘गाँउबेसी’ बोलको गीत राजेशपायलको स्वरमा सार्वजनिक भएको छ ।केशवको शब्दमा रहेको गीतलाई चर्चित संगीतकार तथा गायक राई नबिनले संगीत दिएका छन् । विशाल चौरारी टिभि युट्युव च्यानल मार्फत सार्वजनिक भएको गीतलाई महाराज थापाले एरेञ्ज गरेका छन्, भने रेकर्डिङ, मिक्सिङ, मास्टरिङ योगेन मुकारुङले गरेका छन् ।

सरिता राई निर्माता रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । यो गीतको भिडियोमा क्यामेरा, इडिट, कलर तथा ड्रोन बिशाल राईको रहेको छ ।

सार्वजनिक भएको गीतको बारेमा बोल्दै राजेशपायलले गाउँघरको शब्दहरुले आफुलाई गाउमै पु¥याउने बताए । उनले भने ‘गाउँघर, भञ्ज्याङ चौतारीहरुलाई बिम्ब बनाएर लेखिएका शब्दहरुले मलाई औधी छुन्छ । गीतकार केशव राईले गाउँलाई मज्जाले खिपेका छन्’ राजेशपायलले भने ।

त्यस्तै गीतकार केशवले पनि आफ्नो पहिलो गीत महागायक राजेशपायलको स्वरमा ल्याउने चाहना पुरा भएको बताए ।  केशवले भने युकेमा बसेपनि गाउँघरकै याद आइरहन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us