राजधानीमा घाँटी रेटेर युवतीको हत्या

काठमाण्डु टुडे २०७१ साउन २९ गते ११:३१ मा प्रकाशित

काठमाण्डु, २९ साउन – राजधानीको डल्लुमा एक युवतीको हत्या भएको छ ।

बिहिबार बिहान घाँटी रेटिएको अवस्थामा प्रहरीले ती युवतीको उद्धार गरेको थियो ।

प्रहरीले उपचारको लागि वीर अस्पताल लैजादा बाटैमा युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय सुरक्षाका लागि राखिएको सिसिटिभीमा ति मंगोलियन अनुहार देखिने युवती र युवक बिहान ५ बजेर ४ मिनेट जाँदा अंगालो मारेर ओरालो हिडेको फुटेज देखिएको बृत डिएसपी पदम विष्टले बताएका छन् ।

प्रहरीले ती युवतीसँग अंगालो मारेर हिंड्ने युवकको खोजी भइरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us