प्रचण्ड–मोदी भेटः विगतका समझदारी कार्यान्यवन गर्ने सहमति

काठमाण्डु टुडे २०८१ जेठ २८ गते १०:१७ मा प्रकाशित

काठमाण्डु, २८ जेठ– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

दुई प्रधानमन्त्रीबीच आइतबार साँझ नयाँदिल्लीमा भेटवार्ता भएको हो । त्यस क्रममा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । त्यस क्रममा दुई मुलुकबीच विगतमा भएका सम्झौता र समझदारीहरु कार्यान्वयन गरेर जाने विषयमा समेत कुराकानी भएको बताइएको छ ।

तेश्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रचण्ड आइतबार दिल्ली गएका थिए । प्रधानमन्त्रीको भ्रमण दलमा कानूनमन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल र प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us