काठमाण्डु, २७ जेठ– भारतीय विदेशमन्त्री एस जयशंकरले गत पुसमा गरेको नेपाल भ्रमणका क्रममा नेपाल सरकारको ३३ लाख रुपैयाँ खर्च भएको छ ।
गत १९ र २० पुसमा भएको विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल–भारतबीच १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्बन्धी विभिन्न सम्झौतामा हस्ताक्षर भएको थियो ।
नेपालका लागि उपलब्धिमूलक मानिएको सो भ्रमणका लागि परराष्ट्र मन्त्रालयमार्फत ३२ लाख ८७ हजार ७ सय १० रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरीएको छ ।
सो रकम अर्थ मन्त्रालयले जयशंकरको भ्रमणका भएको खर्चको भुक्तानीका लागि परराष्ट्र मन्त्रालयलाई सो बराबारको थप बजेट निकासा दिएको हो ।
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर नेपाल भ्रमणमा आएका थिए ।