काठमाण्डु, २७ जेठ– कैलालीको धनगढीमा १३ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन । धनगढी उपमहानगरपालिका–३ चटकपुर घर भएका १३ वर्षीय विष्णु फुलारा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनी घरको काठको बलोमा झुण्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले जानकारी दिएका छन ।
परिवारले देखेर पासो फुकाली स्वस्तिक अस्पताल धनगढीमा उपचार गर्न लैजाँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।