दाङ बसको ठक्करबाट अटोमा सवार पाँचजना घाइते

काठमाण्डु टुडे २०८१ जेठ २६ गते १६:३८ मा प्रकाशित

दाङ, २६ जेठ– दाङमा बसले अटोलाई ठक्कर दिँदा अटोमा सवार पाँच जना घाइते भएका छन् । आज शनिबार अपराह्न पौने ४ बजे दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति राजमार्गमा रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ ।

बसको ठक्करबाट अटोमा सवार रहेका पाँच जना घाइते भएको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएको छ ।

गम्भीर घाइते‍हरू दुई वर्षका, ८ वर्षका र १२ वर्षका बालक रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us