विजय सुब्बाले भने, ‘काज सकियो एमालेमै फर्किएँ

काठमाण्डु टुडे २०७१ साउन २९ गते ९:०५ मा प्रकाशित

काठमाण्डु, २९ साउन– अशोक राई नेतृत्वको संघीय समाजवादीका वरिष्ठ उपाध्यक्ष विजय सुब्बा पूरानै घर एमाले फर्किएका छन् ।

Bijaya_subba
उनलाई बुधबार पार्टी मुख्यालय बल्खुमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर स्वागत गरे । पार्टी प्रवेशपछि बोल्दै सुब्बाले आफू काजमा गएको र काज सकिएपछि एमालेमै फर्किएको बताए ।

उनले एमालेमा आफ्नो मोहियानी हक सुरक्षित रहेको तर्क गरे । ‘काज सकाएर पूरानै घर फर्किएको छु’,सुब्बाले भने, ‘एमालेमा मेरो मोहीयानी हक लाग्छ ।’ उनले संघीय समाजवादी पार्टीको मुल नुतृत्व पार्टी स्थापना गर्दाको उद्देश्यअनुरुप चल्न नसकेकाले उक्त पार्टी छाडेको जनाए । समाजवादीमा रहँदा आफूले कहिल्यै चयनसँग दिन बिताउन नपाएको दुखेसो उनले गरे ।
उपाध्यक्ष सुब्बा, सचिव मीना गुरुङसहित संघीय समाजवादीका ३५ जना एमाले फर्किएका छन् ।
सुब्बालगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले पार्टीमा फर्किएका नेता कार्यकर्तामाथि विभेदकारी व्यवहार नहुने स्पष्ट गरे ।

सुब्बाको भनाइको जवाफमा उनले पार्टीमा फर्कनेहरुको मोहीयानी नभई पूरै हक लाग्ने बताए । उनले विगतमा पार्टी छाडेर गएकालाई फर्कनसमेत अपिल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us