श्रम तथा रोजगार मन्त्रालय मान्छे विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्यलाई चिर्न खोजिरहेका छौँ: श्रममन्त्री अर्याल

काठमाण्डु टुडे २०८१ जेठ १७ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, १७ जेठ–श्रम तथा रोजगार मन्त्री डीपी अर्यालले श्रम तथा रोजगार मन्त्रालय मान्छे विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्यलाई चिर्न खोजिरहेको बताए ।

आज (बिहिबार) विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेलाको उद्घाटन समारोहको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन ।

उनले श्रम बजारमा एउटा वडाबाट वर्षमा ७० जना निस्किरहेको बताउँदै त्यस्तै रोजगारको खोजी गर्नेहरूलाई लक्षित गरेर कार्यक्रम सुरुवात गरेको बताएका छन ।

उनले मेलाबाटै सयौँ मानिसलाई रोजगार सिर्जना नभए पनि केही न केही सुरुवात गरेको पनि बताएका छन । उनले नेपालका कतिपय उद्योगहरूमा विदेशी कामदार रहेको र स्वदेशी युवाहरू विदेश गइरहेको विषयमा पनि अध्ययन अनुसन्धानमा मेलाले सहयोग गर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us