पहिरोमा पुरिएर आमाछोराको मृत्यु

काठमाण्डु टुडे २०७१ साउन २९ गते ४:२१ मा प्रकाशित

जाजरकोट, २९ साउन– जाजरकोटको सकलामा पहिरोले पुरिएर आमाछोराका मृत्यु भएको छ ।
वर्षातसँगै सकला–३ मा आज बिहान ३ बजे झरेको पहिरोले स्थानीय जयलाल बोहराको घर पुरिँदा उनकी श्रीमती २९ वर्षीया नवरती र छोरा सात वर्षीय नवराजको मृत्यु भएको हो ।

पहिरोमा पुरिएका जयलाल तथा छोरीहरु नौ वर्षीया आरती र १२ वर्षीया कमलाको स्थानीयले उद्धार गरेका छन् ।

उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम खलंगाबाट २१ कोष पूर्वोत्तरमा पर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us