ओलीको प्रस्तावमा माधव नेपाल तेश्रो मर्यादामा

काठमाण्डु टुडे २०७१ साउन २९ गते १:५४ मा प्रकाशित

काठमाण्डु, २९ साउन– एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो kp-madhavमर्यादामा रहने गरी वरिष्ठ नेताकै हैसियतमा रहने प्रष्ट पारेका छन् ।
अध्यक्ष ओलीले नेता नेपाललाई चालु केन्द्रीय कमिटीको दोस्रो बैठकमै तेस्रो मर्यादाको आसन ग्रहण गराई सो जनाउ दिएका हुन् ।

मंगलबार बैठक सुरु भएलगत्तै ओलीले केन्द्रीय सदस्यहरुसँगै बसेका नेता नेपाललाई वरिष्ठ नेता झलनाथ खनालपछिको सिटमा आसन ग्रहण गराएका थिए ।

ओलीकै आग्रहलाई स्वीकार गरी नेता नेपाल अगाडि गएर तेस्रो मर्यादामा रहने गरी आसन ग्रहण गरेका हुन् । यसबारे केन्द्रीय कमिटी बैठकबाटै औपचारिक निर्णय भने भइसकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us