काठमाण्डु, २९ साउन– देशका कुख्यात डनका कानुनी सल्लाहकार पनि नाम चलेकै वलिक छन् ।
गत २१ साउनमा गुन्डागर्दीका नाइके दिनेश अधिकारी ‘चरी’ को इन्काउन्टर घटनाको चर्चित अधिवक्ताद्धय शम्भु थापा र टीकाराम भट्टराईले सार्वजनिक रुपमा विरोध गरे ।
प्रहरीले सुरु गरेको गुन्डागर्दीविरुद्धको आक्रामक अभियानविरुद्ध उनीहरुले राय राखे । सम्पत्ति सुद्धीकरण अनुसन्धानको मुद्धा परेका गुन्डागर्दीका ५ नाइकेको कानुनी सल्लाहकारमा पनि नाम चलेकै वकिल छन् । गणेश लामाको मुद्धा चर्चित अधिवक्ता शेरबहादुर केसीले हेर्दै आएका छन् ।
उनीसहित योगेन्द्रबहादुर अधिकारी र नरबहादुर योगी लामाका वकिल हुन् । त्यस्तै अभिषेक गिरीको गणेश केसी, योगेन्द्रबहादुर अधिकारी र सुवास द्धिवेदी छन् ।
गिरीका वकिल गणेश केसी अपहरण केसमासमेत मुछिएका छन् । काठमाण्डु खानेपानी लिमिटेडका कर्मचारी अच्यूतप्रसाद रेग्मीको अपरहणमा उनी मुछिएका हुन् ।
यस्तै पर्शुराम बस्नेतको कानुनी सल्लाहकारमा नेपाल बार एसोसिएशनका अध्यक्ष हरिकृष्ण कार्की छन् । कार्कीसहित टीकाराम भट्टराई, हरिश्चन्द्र सुवेदी र नारायण देवकोटा बस्नेतका वकिल हुन् ।
चक्रेको कानुनी सल्लाहकारमा डेमोक्रेटिक लर्यस एसोसिएशनका अध्यक्ष गोपालकृष्ण श्रेष्ठ छन् । दीपक मनाङगेको वकिलमा टीकाराम भट्टराईसहित एकराज पोखरेल, ऋषिराम घिमिरे, ईश्वर अधिकारी, श्रीराम दवाडी, गोलकुल भण्डारी र सीताराम अधिकारी छन् ।
नयाँ पत्रिकाबाट