एमाले सांसद शाह मन्त्रीबाट बर्खास्त

काठमाण्डु टुडे २०८१ जेठ २ गते २१:३५ मा प्रकाशित

सुर्खेत, २ जेठ– कर्णाली प्रदेशका मन्त्री विनोदकुमार शाह पदमुक्त भएका छन् ।

मुख्यमन्त्री यामलाल कँडेलले उनलाई बुधबार पदबाट बर्खास्त गरेका हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका शाहले मन्त्री पदको शपथ बहिस्कार गरेका थिए । उनले मन्त्रालयमा चित्त नबुझेकाले सपथ नलिएका हुन् । मुख्यमन्त्री कँडेलले शाहलाई हटाएर उक्त मन्त्रालय आफैंसँग राखेका छन् ।

कँडेलले गत १८ वैशाखमा शाहसँगै एमालेका ३ र माओवादी केन्द्रका ३ सांसदलाई मन्त्री नियुक्त गरेका थिए । शाहले पार्टी पार्टी अध्यक्ष केपी ओलीको चाहनाविपरीत आफूलाई कमजोर मन्त्रालय दिएको तथा संस्थागत निर्णयबिना एकलौटी गरेको आरोप लगाउँदै शपथ लिएका थिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us