काठमाण्डु, २८ साउन– प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य अवस्थालाई लिएर कुटनीतिक क्षेत्रले समेत चासो देखाउन थालेको छ ।

कोइरालालाई बुधबार बिहान सरकारी निवास बालुवाटारमा भेटेर नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइले उनको स्वास्थ्यबारे चासो राखेका हुन् ।
भेटमा राजदूत चुन्ताइले कोइरालाको स्वास्थ्य अवस्थाबारे चासो राख्दै शिघ्र स्वास्थ्य लाभको कामना गरेको प्रधानन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अमेरिकामा फोक्सोको क्यान्सरको उपचार गराएर फर्किएपछि कोइराला अधिकांश समय बालुवाटारमै आराम गरेर बसिरहेका छन् ।
यस्तै राजदूत चुन्ताइले नेपालमा जारी संविधान निर्माण प्रक्रियामा भइरहेको प्रगतिका बारेमा समेत प्रधानमन्त्रीसँग जानकारी मागेका थिए ।