बामदेवविरुद्ध सर्वोच्च जाँदै चरीका परिवार

काठमाण्डु टुडे २०७१ साउन २८ गते ४:४४ मा प्रकाशित

काठमाण्डु, २८ साउन– प्रहरीले किटानी जाहेरी लिन इन्कार गरेपछि प्रहरी कारबाहीमा मारिएका दिनेश अधिकारी ‘चरी’ का परिवार अदालत जाने bamdevभएको छ ।
चरीका दाजु ध्रुव अधिकारीले सरकारबाट न्याय पाउने सम्भावना नदेखिएकाले सर्वोच्च अदालत जान लागिएको काठमाण्डु टुडेलाई बताए । ‘सरकारबाट न्याय पाउने सम्भावना देखिएन’, उनले भने, ‘अब न्यायको आशमा अदालत जान्छौं ।’ त्यसका लागि कानुन व्यवसायीसँग परामर्श गरिरहेको जानकारी अधिकारीले दिए ।
चरीका आफन्त र परिवारले मंगलबार महानगरीय प्रहरी परिसर काठमाण्डु, आयुक्त कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा उनको हत्या भएको भन्दै गृहमन्त्री बामदेव गौतम, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित प्रहरी अधिकारीविरुद्ध किटानी जाहेरी दर्ता गर्न खोजेका थिए । तर कतै पनि उजुरी दर्ता भएन ।

चरीको गत बुधबार काठमाण्डु र धादिङको सीमानामा पर्ने भीमढुंगामा प्रहरी कारबाहीमा ज्यान गएको थियो । दोहोरो भिडन्तका नाममा हत्या गरिएको भन्दै परिवारले शवसमेत बुझ्न मानेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us