उपत्याकासहित देशैभर आजदेखि तीन दिन मुलसधारे वर्षा हुने

काठमाण्डु टुडे २०७१ साउन २८ गते २:४६ मा प्रकाशित

काठमाण्डु, २८ साउन– काठमाण्डु उपत्यकासहित मुलुकका पूर्वी तथा पश्चिम क्षेत्रमा भारी वर्षा भएको छ । rainingजल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम अझै तीन दिनसम्म जारी रहने छ ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलले पानी पार्ने वायुमण्डलीय प्रणाली न्यूनचापीय रेखा सामान्य भारतबाट नेपालतर्फ सरेकाले शनिबार साँझसम्म अत्याधिक वर्षा हुने बताइन् । तराईका अधिकांश र पहाडका केही क्षेत्रमा मुसलधारे वर्षा हुने उनले बताइन् ।

लगातारको वर्षाले पहाडी क्षेत्रमा बाढी र पहिरोको जोखिम उच्च हुन सक्ने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us