पाल्पामा झाडावान्ताको प्रकोप

काठमाण्डु टुडे २०७१ साउन २८ गते २:४० मा प्रकाशित

तानसेन, २८ साउन– पाल्पाको सिद्धेश्वर गाविसमा फैलिएको झाडा वान्ताको प्रकोप नियन्त्रणबाहिर गएको छ ।
चारदिन अघिदेखि सुरु भएको झाडा वान्ताले सिद्धेश्वर वडा नम्बर–४ र ५ का ४० घरपरिवारका ८० भन्दा बढी बिरामी छन् ।

उनीहरुको स्थानीय मेडिकल र घरमै स्लाइन दिएर उपचार भइरहेको छ । दिनहुँजसो बिरामी संख्या थपिने क्रम नरोकिएकाले झाडा पखालाले महामारीको रुप लिने खतरा बढेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी निरञ्जन ज्ञवालीले प्रभावित क्षेत्रमा औषधिसहितको स्वास्थ्यकर्मी टोली पठाउने तयारी भइरहेको जानकारी दिए । वर्षातका कारण दूषित भएको मुलको पानी पिउँदा झाडावान्ता फैलिएको हुन सक्ने जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us