एआईजीको बढुवा रोकिँदा प्रहरीका ११ अधिकृतको अवकाश

काठमाण्डु टुडे २०७१ साउन २८ गते २:१६ मा प्रकाशित

काठमाण्डु, २८ साउन –नेपाल प्रहरीमा रिक्त सात एआर्इजी पदको बढुवा रोकिँदा ११ जना प्रहरी अधिकृतले समयअगावै अवकाश पाएका छन् ।

चाँडै बढुवा निर्णय नभए अहिले एआर्इजीको दज्र्यानी चिन्ह लगाउने दिन कुरिरहेका सहित १२ डीआईजीले पनि अवकाश पाउने छन् ।

प्रहरी नियमावलीअनुसार प्रहरी इन्सपेक्टरले ५३ वर्ष उमेर पूरा भएपछि अवकाश पाउँछन् । एकतहमाथि डीएसपीको सेवामा बहाल रहने उमेर ५४ वर्ष हुन्छ । एआर्इजीमै बढुवा रोकिएकाले डीएसपीमा पदोन्नति नपाउँदा ७ इन्सपेक्टरले ५३ वर्ष पुगेका कारण हालै अवकाश पाएका छन् ।

बढुवा ‘जाम’मा नपरेको भए उनीहरुले डीएसपीमा बढुवा भर्इ थप एक वर्ष काम गर्न पाउँथे ।
‘भोलिपल्ट अवकाश पाउने व्यक्तिसमेत सचिवमा बढुवा भएर घर जानु भयो’,प्रहरी महानिरीक्षक ९आइजीपी० उमेन्द्रकान्त अर्यालले टिप्पणी गरे, ‘तर प्रहरीमा बढुवा जाममा परेका कारण एक वर्ष थप जागिर खाने समय भएका अधिकृतले धमाधम अवकाश पाइरहेका छन् ।’

सरकारले हालै सचिवमा बढुवा गरेका महाश्रम शर्माले भोलिपल्टै उमेरका कारण अवकाश पाएका थिए ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us