काठमाण्डु, २८ साउन– एमाले केन्द्रीय कमिटीले अर्मयादित र अपशब्द प्रयोग गर्न रोक लगाउने आचारसंहिता तयार पारेको छ ।

केन्द्रीय कमिटीको मंगलबारको बैठकमा वितरित बैठक सञ्चालन आचारसंहितामा अपशब्द प्रयोग गर्न नपाइने उल्लेख छ ।
नवौं महाधिवेशनबाट एक सय ५९ सदस्यीय केन्द्रीय कमिटि गठन भएको सन्दर्भमा बैठक व्यवस्थित र सार्थक रुपमा सञ्चालन गर्न एमालेले कार्यविधि र आचारसंहिता बनाउन लागेको हो ।
महासचिव र्इश्वर पोखरेलले बैठकमा प्रस्तुत गरेको आचारसंहिताको मस्यौदामा उल्लेख छ, ‘प्रत्येक व्यक्तिले पार्टीको मर्यादा र अनुशासन कायम राख्नुर्नेछ, अमर्यादित र अपशब्द प्रयोग गर्न पाइने छैन ।’
अन्नपूर्ण पोष्टबाट