काठमाण्डु, २८ साउन– प्रेमिका भन्दै अपहरण शैलीमा एक युवतीलाई काभ्रेको दोलालघाट लान खोज्ने तीन युवक प्रहरी फन्दामा परेका छन् ।
उनीहरुले मंगलबार ज्ञानेश्वरबाट धादिङकी सुशीला लामालाई ट्याक्सीमा राखेर जबर्जस्ती लान खोज्दा अनामनगर हनुमानथानमा स्थानीयको सहयोगमा प्रहरीले समातेको हो ।
काभ्रे मदनकुडारीका सुमन लामाले साथीहरुको सहयोगमा त्यस्तो प्रयास गरेका हुन् । सुमनले सुशीला आफ्नी प्रेमिका भएको दाबी गरेका छन् भने, सुशीलाले सुमनसँग सामन्य चिनजानबाहेक अरु केही नभएको बताएकी छन् । सुशीलाले प्रेममा धोका दिएपछि सुमनले अप्हरण गरेको दाबी गरेका छन् ।
महानगरीय प्रहरी वृत सिंहदरबारका डिएसपी होविन्द्र बोगटीका अनुसार अपहरित युवतीलाई ट्याक्सीमा राखेर काभ्रेतर्फ लैजाँदै गर्दा हनुमानथानमा पक्राउ गरिएको हो । बा १ ज २२६२ नम्बरको ट्याक्सीमा राखेर उनीहरु अपहरणकारीले दोलालघाट लग्ने योजना बनाएका रहेछन्, युवती कराएपछि सर्वसाधारणले उद्धार गरेका हुन्’ उनले भने । चालक लालजंग लामालाई समेत पक्राउ गरेको उनले बताए ।
ुचालकलाई ३२ सय रुपैयाँ दिने सहमति भएको रहेछ, चालकपनि शंकाको घेरामा छ, अनुसन्धान छानवीन गर्दैछौ उनले भने । डिएसपी वोगटीले अपहरणकारीले डिल्लीबजारको भित्रीबाटो हुंदै अनामनगरको मोडमा पुर्योएको बताए ।
युवतीले उद्धारका लागि चिच्याएपछि सर्वसाधारणले अपहरणकारीलाई नियन्त्रणमा लिइ कुटपीटसमेत गरेका छन् । सर्वसाधारणको कुटाईबाट सुमन निकै घाइते भएका छन् । उनको मोडल अस्पतालमा उपचार भइरहेको छ ।
अन्य तीन अपहरणकारी ज्ञान लामा, हरि विश्वकर्मा र चालक लालजंगलाई अनामनगर वृतमा राखिएको छ ।
कान्तिपुर दैनिकबाट