वन अधिकृतले रुखमा झुन्डिएर आत्महत्या गरे

काठमाण्डु टुडे २०७१ साउन २७ गते ९:४७ मा प्रकाशित

चितवन, २७ साउन – चितवनका सहायक वन अधिकृतले यहाँको रामनगरस्थित जङ्गलमा आत्महत्या गरेका छन् ।

भरतपुर–१० निवासी सहायक वन अधिकृत ४४ वर्षीय रविप्रसाद तिमिल्सिनाले आत्महत्या गरेको चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

भरतपुर नगरपालिका–१ स्थित सतनचुली सामुदायिक वनभित्र रूखमा झुन्डिएको अवस्थामा सोमबार साँझ उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दाउरा खोज्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शवलाई अहिले परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । तिमिल्सिना  देवघाटमा सहायक वन अधिकृतका रूपमा कार्यरत थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us