संसद्को चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको हो: सञ्चारमन्त्री शर्मा

काठमाण्डु टुडे २०८१ वैशाख २ गते १६:३२ मा प्रकाशित

काठमाण्डु, २ वैशाख– सरकारले संसद्को चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको दाबी गरेको छ । आज (आइतबार) मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन ।

उनले संसद् अधिवेशन स्वभाविक प्रक्रियाअन्तर्गत भएको बताएकी छन । उनले स्वभाविक रूपमा भएको संसद् अधिवेशनलाई अरु अर्थमा बुझ्न नहुने बताइन् ।

मन्त्री शर्माले सरकार संसदमा उठेका प्रश्नबाट भाग्न खोज्यो भन्ने कांग्रेसको आरोप गलत भएको पनि बताएकी छन । उनले सरकार अब बजेट अधिवेशनको तयारीमा लागेको बताइन् । उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नका लागि संसद् अधिवेशन अन्त्य गरेको बताएकी छन ।

उनले भनिन्,‘संसद्को एउटा अधिवेशनबाट अर्को अधिवेशनमा पुग्नका निम्ति हामीलाई केही समय चाहिन्छ । हाम्रा नियमावली, संविधानका व्यवस्था छन् ।

त्यो व्यवस्थाअनुसार हाम्रो केही समय संसद् अधिवेशन बन्द गर्नैपर्ने हुन्छ । अब हाम्रो बजेट अधिवेशन नजिक आउँदैछ । यस पटक बजेट कार्यक्रममा नयाँपन दिने पनि हामीले भनेका छौँ ।

त्यही अनुसार हामीले सिद्धान्त र प्राथमिकता एक खालले पारित गरिसकेका छौँ । सिद्धान्त र प्राथमिकतामा धेरै मान्यज्युहरुका सल्लाह र  सुझाव बाट भएको बताएकी छन् । त्यसलाई परिमार्जन गर्नुपर्नेछ ।

नीति तथा कार्यक्रमको, बजेटको तयारी गर्नुपर्ने, सरकारको मुख्य ध्यान त्यतातिर छ । त्यसकारण हामी अलि फरक ढंगले बजेट कार्यक्रम अघि बढाऔँ भनेर समय लिइएको हो । त्यसबाट संसद् अन्त्य स्वभाविक प्रक्रियामा भएको छ । यसलाई अरु अर्थमा बुझ्नु हुँदैन । संसदमा उठेका विषयबाट भाग्न खोज्यो र अन्त्य भयो भन्ने कुरा आयो । यो गलत हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us