श्रीमती उपाध्यक्ष रहेको सहकारीमा महानगरले छापा हानेपछि रविले भेटे मयेर बालेनलाई

काठमाण्डु टुडे २०८० चैत २२ गते १७:०२ मा प्रकाशित

काठमाण्डु, २२ चैत– आफ्नी श्रीमती उपाध्यक्ष रहेको साइ स्वागत सहकारीमा काठमाण्डु महानगरपालिकाले छापा हानेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाण्डु महानगरपालिकाका प्रमुख (मयेर) बालेन शाहसँग भेटवार्ता गरेका छन ।

गृहमन्त्री लामिछानेले बुधबार दिउँसो आफ्नै कार्यकक्षमा मेयर शाहसँग भेट गरेको स्रोतले जानकारी दिएको छ । महानगरले बुधबार नै गृहमन्त्री लामिछानेकी पत्नी निकिता पौडेल उपाध्यक्ष रहेको साइ स्वागत सहकारीमा छापा हानेको थियो। महानगरको छापालगत्तै लामिछानेले मेयर शाहलाई भेटका हुन्।

महानगरले छापा मारेर उक्त सहकारीको सफ्टवेयर नियन्त्रणमा लिएको थियो। बचतकर्ताको रकम फिर्ता नदिएको उजुरी परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले महानगरसँग उक्त सहकारीबारे जानकारी मागेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us